मेरो चितवन
कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

पोखरा-कास्कीमा पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ।

हिजो राति सवा १० बजे पोखरा महानगरपालिका १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घर पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार,  छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो।

यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।

मादी गाउँपालिका वडा नम्बर ११ मा पनि पहिरोमा एक महिला बेपत्ता भएकी छन् । पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता भएकी हुन्। ओमबहादुर गुरुङलाई भने सकुसल उद्धार गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१