
खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु
सोमबार, भदौ ३, २०८१
चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

थामे बाढी : दुई हिमताल फुट्दा बाढी आएको निष्कर्ष
शनिबार, भदौ १, २०८१
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएकी छन् । शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताइन्।

टान निर्वाचनः राजेन्द्र सापकोटाको प्यानलद्वारा उम्मेदवारी घोषणा, के छन् एजेन्डा ?
शनिबार, भदौ १, २०८१
टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत् नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरे । साथै महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी घोषणा...
थामे बाढी : तटीय क्षेत्रमा कटान जारी
शनिबार, भदौ १, २०८१
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
शुक्रबार, साउन ३२, २०८१
चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप
शुक्रबार, साउन ३२, २०८१
चितवनका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।

हिम पहिरोमा १ जना बेपत्ता, १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति
शुक्रबार, साउन ३२, २०८१
सोलुखुम्बुमा हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण खुम्बुपासाङल्हमु गाउँपालिका-५ थामेमा १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति भएको छ

सरकारले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने, कार्यविधि स्वीकृत
बिहीबार, साउन ३१, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
बिहीबार, साउन ३१, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ ।
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यपछि गठ्ठाघर तनावग्रस्त
बिहीबार, साउन ३१, २०८१
ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघर तनावग्रस्त भएको छ । आज दिउँसो भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घट्नास्थलमै मृत्यु भएको हो ।

चितवनको धानबालीमा पोटास र जिंकको कमी
बिहीबार, साउन ३१, २०८१
यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए । यसलाई रोक्न सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए ।
शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार
बिहीबार, साउन ३१, २०८१
धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ ।