भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी
आइतबार, भदौ ९, २०८१
भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन्...
दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन् : कृषिमन्त्री
आइतबार, भदौ ९, २०८१
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर...
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
आइतबार, भदौ ९, २०८१
सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ
भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना
आइतबार, भदौ ९, २०८१
भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो...
रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मृत फेला
आइतबार, भदौ ९, २०८१
शनिबार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम समेत देखिएको छ
पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु, चार बेपत्ता
आइतबार, भदौ ९, २०८१
दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ
बेनीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति
आइतबार, भदौ ९, २०८१
शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते
आइतबार, भदौ ९, २०८१
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।
सुनकोशी नदीमा गाडी खस्दा भक्तपुरका तीन जना बेपत्ता
शनिबार, भदौ ८, २०८१
मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।
भारतमा मृत्यु भएका माडीका तीन युवाको शव ल्याइँदै
शनिबार, भदौ ८, २०८१
भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपुर्याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले जानकारी दिइन् ।
तनहुँ दुर्घटना : २७ मृतकको शव भारत पठाइयो
शनिबार, भदौ ८, २०८१
तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट शनिबार अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो ।
यस्ता छन् छानबिन समितिले रविलाई सोधेका प्रश्न
शनिबार, भदौ ८, २०८१
सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार १० घण्टा बयान लिएको छ ।
माग बढेसँगै अण्डाको मूल्य वृद्धि
शनिबार, भदौ ८, २०८१
भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।
तनहुँ बस दुर्घटना : मृतक सबैको शव परीक्षण चितवनमा हुने
शनिबार, भदौ ८, २०८१
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।
रवि लामिछानेको दाबी-गोरखा मिडियामा ऋण लिने प्रक्रियामा म संलग्न छैन
शुक्रबार, भदौ ७, २०८१
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट ऋण लिने प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् ।
यी हुन् मर्स्याङदी बस दुर्घटनामा मृत्यु हुने २७ जना [नामसहित]
शुक्रबार, भदौ ७, २०८१
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुलेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङदी ...
चितवनमा भीरबाट खसेको ढुंगा लागेर बस दुर्घटना, २५ जना घाइते
शुक्रबार, भदौ ७, २०८१
चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ स्थिीत सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रुबाहक बस दुर्घटना भएको छ
आँबुखैरेनीनजिक मर्स्याङदीमा बस खस्यो, १४ जनाको मृत्यु, १६ घाइते
शुक्रबार, भदौ ७, २०८१
तनहुँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेका १४ जनाको शव निकालिएको छ
नेपाली सेनाले माग्यो २ सय ८० अधिकृत [सूचनासहित]
शुक्रबार, भदौ ७, २०८१
नेपाली सेनाले सहायक सेनानी र उपसेनानीमा भर्ना खुलाएको छ । नेपाली सेनाले आज सूचना प्रकाशित गरी अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलाएको हो ।
सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने
शुक्रबार, भदौ ७, २०८१
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ।