चितवनमा धान उत्पादनमा ह्रास
बिहीबार, मंसिर ६, २०८१

नारायणी नदीमा ६ हजार माछाका भुरा छाडियो
बिहीबार, मंसिर ६, २०८१
नारायणी नदीमा ६ हजार माछाका भुरा छाडिएको छ । नदी आसपास बस्ने बोटे, माझी, मुसहर, थारु, कुमाल, दराई जस्ता समुदायलाई जीवन निर्वाहमा सहज होस् भनेर भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा माछाका भुरा छाडिएको हो ।

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन
बुधबार, मंसिर ५, २०८१
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बिपी क्यान्सर अस्पतालमा ‘मेमोग्राफी’ सेवा तीन वर्षपछि पुन: सुरु
बुधबार, मंसिर ५, २०८१
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरु गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो ।

चितवनका दुई पालिकामा दूध ‘जोन’
बुधबार, मंसिर ५, २०८१
पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो ।

युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी
मंगलबार, मंसिर ४, २०८१
रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य बेसमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो आक्रमण भएको बताइएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
मंगलबार, मंसिर ४, २०८१
अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए ।

साइबर अपराधको अभियोमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर ४, २०८१
प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएको आरोप छ ।
-1731946066.jpg)
चितवन राइनोजले सार्वजनिक गर्यो आधिकारिक जर्सी
सोमबार, मंसिर ३, २०८१
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको आतिथ्यतामा आयोजित कार्यक्रममा जर्सीसहित मस्कट र टिम गीत पनि सार्वजनिक गरिएको हो ।

नेपाल प्रिमियर लिगको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगरले जनकपुरसँग खेल्ने
सोमबार, मंसिर ३, २०८१
८ टोलीले सहभागिता जनाउने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्टसँग खेल्ने छ । लिग चरणको अन्तिम खेल पुस १ गते हुनेछ । बाँकी दिन लिग चरणमा हरेक दिन २-२ खेल हुने क्यानले जनाएको छ ।

चार तारेमा स्तर वृद्धि गर्दै 'होटल जङ्गल क्राउन'
सोमबार, मंसिर ३, २०८१
यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि सोमबार नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गरे ।

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने
सोमबार, मंसिर ३, २०८१
पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।