Mero Chitwan
बाँसबारीको जग्गा सरकारका नाममा ल्याउन मालपोतले जारी गर्‍यो २१ दिने सूचना
बाँसबारीको जग्गा सरकारका नाममा ल्याउन मालपोतले जारी गर्‍यो २१ दिने सूचना भूमिसुधार तथा मालपोत कार्यालय  डिल्लीबजारले  बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ । फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले निर्देशन दिएको हो ।
हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय
हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि जनाइन् ।
फागुन पहिलो साता पोखरामा ‘नेपाल साहित्य महोत्सव’
फागुन पहिलो साता पोखरामा ‘नेपाल साहित्य महोत्सव’ एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आगामी फागुन ३ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । बुकर्वम फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो । 
क्यानडासँगको पहिलो ओडीआई म्याचमा नेपालको ऐतिहासिक जित
क्यानडासँगको पहिलो ओडीआई म्याचमा नेपालको ऐतिहासिक जित कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन मात्र बनाउन सक्यो ।
भरतपुरमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम 
भरतपुरमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम  वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।
भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना माडी भिलेज रिसोर्टमा आज आयोजित समारोहबीच दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
बच्चा जन्माउनेलाई लाखौं बाँड्दै एउटा कम्पनी
बच्चा जन्माउनेलाई लाखौं बाँड्दै एउटा कम्पनी घट्दो जन्मदर सुधार गर्न दक्षिण कोरियाको एक निर्माण कम्पनीले आफ्ना कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन गर्न प्रतिबच्चा ७५ हजार डलर (नेपाली रुपैयाँ ९९ लाख २९ हजार बराबर) दिने घोषणा गरेको छ ।
दुर्घटना न्यूनीकरण गर्न सबै जिम्मेवार बन्नुपर्छ : रेनु दाहाल
दुर्घटना न्यूनीकरण गर्न सबै जिम्मेवार बन्नुपर्छ : रेनु दाहाल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ट्राफिक नियम पालना गर्न सबै नागरिक आ(आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताइन् । दुर्घटना हुनु दर्दनाक विषय भएकाले सबै जना सचेत बन्नुपर्नेमा उनको जोड थियो । सडक दुर्घटना सडक साँघुरो, कच्ची र फराकिलो तथा सुविधासम्पन्न हुँदा पनि हुने भएकाले सबै आफ्नो ठाउँबाट सचेत र जिम्मेवार हुनुपर्ने...
गोदाम भरिएपछि भरतपुरको मिल्क उद्योग बन्द
गोदाम भरिएपछि भरतपुरको मिल्क उद्योग बन्द दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो ।
इतिहासमा आज : महारानी एलिजावेथ प्रथमकी प्रतिद्वन्द्वीलाई टाउको काटेर मृत्युदण्ड
इतिहासमा आज : महारानी एलिजावेथ प्रथमकी प्रतिद्वन्द्वीलाई टाउको काटेर मृत्युदण्ड आज ८ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
पाकिस्तानमा आमचुनाव : आतंकवादी आक्रमणको त्रासका बीच मतदान सुरु, देशभर मोबाइल सेवा बन्द
पाकिस्तानमा आमचुनाव : आतंकवादी आक्रमणको त्रासका बीच मतदान सुरु, देशभर मोबाइल सेवा बन्द पाकिस्तानमा ३ सय ३६ सदस्यीय नेसनल एसेम्बलीमा २ सय ६६ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा दल र स्वतन्त्रका गरी ५ हजार १ सय २१ उम्मेदवार मैदानमा छन् । ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छ । आरक्षित सिटको निर्वाचन भने समानुपातिक निर्वाचन प्रणालीबाट हुने...
सबैभन्दा धैरै वैदेशिक रोजगारीमा जानेमा धनुषापछि चितवनका
सबैभन्दा धैरै वैदेशिक रोजगारीमा जानेमा धनुषापछि चितवनका श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेमा चितवनका सबैभन्दा धेरै रहेको पाइएको छ ।  बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम...
Weather Update