अबको मन्त्रिपरिषद् पुन:गठनमा तामाङ समुदायलाई सहभागी गराउँछु : प्रधानमन्त्री
शनिबार, माघ २७, २०८०
त्रिविको उपकुलपतिमा आवेदन दिएकामध्ये १४ जना सर्ट लिस्टमा [नामसहित]
शुक्रबार, माघ २६, २०८०
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए। हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई...
गिरीबन्धु टी स्टेट प्रकरण : ओलीको निर्णय सर्वोच्चले उल्ट्यायो
बुधबार, माघ २४, २०८०
सर्वोच्च अदालतको संवैधानिक इजलासले केपी ओली सरकारको पालामा भएको भूमिसम्बन्धी ऐन २०२१ संशोधनलाई खारेज गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान र सुष्मालता माथेमाको संवैधानिक इजलासले २०७६ मा संशोधित ऐनलाई सुरुदेखि बदर हुने गरी खारेज गरेको हो ।
संसद्को हिउँदे अधिवेशन आजदेखि, सरकारले बिजनेस नदिए संसद् ठप्प पार्ने एमालेकाे रणनीति
सोमबार, माघ २२, २०८०
संसद् अधिवेशनका लागि विपक्षी दलहरु भने आ-आफ्नै रणनीतिको तयारीमा छन् । प्रमुख प्रतिपक्षी एमालेले सरकारले बिजनेस नदिए संसद् नै ठप्प पार्नेसम्मको रणनीति बनाएको छ । विगतमा सरकारले बिजनेस नदिँदा संसद् प्रभावकारी हुन नसकेको आरोप एमाले र सभामुख देवराज घिमिरले लगाउँदै आएका थिए ।
के सम्भव छ दरबार हत्याकाण्डको छानबिन ?
मंगलबार, माघ १६, २०८०
पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई काउन्टर दिन शीर्ष नेताहरुले दरबार हत्याकाण्डको छानबिन अघि बढाउने कुरा गरे पनि घटनाको २२ वर्षपछि त्यो सम्भव नरहेको विश्लेषण गरिन्छ ।
एनसेलको शेयर खरिद-बिक्री छानबिन समितिको निष्कर्ष : यथास्थितिमा सम्झौता स्वीकार गर्न सकिँदैन
सोमबार, माघ १५, २०८०
एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले उक्त कम्पनीको शेयर खरिदबिक्रीसम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
‘समुदायमा कांग्रेस’ अभियान आजदेखि
शनिबार, माघ १३, २०८०
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गरिने बताए ।
समुदायमा कांग्रेस अभियान माघ १३ गतेदेखि
बिहीबार, माघ ११, २०८०
अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने पार्टी कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : यी हुन् विजयीहरु
बिहीबार, माघ ११, २०८०
आज भएको राष्ट्रिय सभा निर्वाचन अधिकांश स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन : अहिलेसम्म ८० प्रतिशतभन्दा धेरै मत खस्यो, ८ बजेभित्रै नतिजा आउने
बिहीबार, माघ ११, २०८०
राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि आज भइरहेको निर्वाचनअन्तर्गत अहिलेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ । साँझ ८ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, कहाँ कति उम्मेद्वार ?
बिहीबार, माघ ११, २०८०
राष्ट्रियसभाका १९ सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । सातै प्रदेशका मुकाममा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
मंगलबार, माघ ९, २०८०
यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।

