Mero Chitwan
उपनिर्वाचन २०८१ : इलाममा २० जनाको उम्मदेवारी, बझाङमा १२ प्रतिस्पर्धी

इलाम । इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार शनिबार दलीय १२ जना र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, मंगोल नेसनल अर्गनाइजेसनसँगै स्वतन्त्र उम्मेदवारहरुले मनोयन दर्ता गराएका हुन् ।

 आयोगका अनुसार नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनबाट मणिबहादुर लिम्बूलगायत २० जनाको उम्मेदवारी परेको छ ।

यस्तै जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेमकिपाबाट श्याम नेपाली, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राईलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update