कुलमानलाई हटाउने सरकारको तयारी, उर्जा मन्त्रालयले सोध्यो ९ बुँदे स्पष्टीकरण
सोमबार, पुस २२, २०८१

पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्ष ?
आइतबार, पुस २१, २०८१
पूर्वउपराष्ट्रपति पुन आज बसेको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठकमा सहभागी हुनुभएको हो । अध्यक्ष पुष्पकमल दाहालको बायाँतिर बस्नुभएका पुनको अगाडि माओवादीको उपाध्यक्ष लेखिएको नेमप्लेट राखिएको छ ।

चितवन महोत्सवको प्रवर्द्धनका लागि साइकल र्याली
आइतबार, पुस २१, २०८१
यही पुष २५ देखि सुरु हुने १५ औं चितवन महोत्सवको प्रवर्द्धनका लागि चितवनमा साइकल र्याली निकालिएको छ ।चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल र्याली निकालिएको हो ।

सहकारी ठगीमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता
आइतबार, पुस २१, २०८१
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता भएको छ ।

एमाले केन्द्रीय समिति बैठक आइतबारदेखि, के छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा ?
शनिबार, पुस २०, २०८१
आइतबारदेखि सुरू हुने एमालेको केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार पारेको आफ्नो २० पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले आफूले काम गर्न नसकेको स्वीकार गर्नुका साथै विपक्षी दलहरूको चर्को आलोचना गरेका हुन् ।

प्याब्सन चितवनको अध्यक्षमा मदन पुरी
शनिबार, पुस २०, २०८१
भरतपुरमा भएको १६ औं अधिवेशनले मदन पुरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा भानुभक्त अर्याल र टेकराज अधिकारीको उम्मेदवारी परेपछि निर्वाचन गरिएको हो ।

कालिकाको छैटौं नगर सभा : योजना संसोधनसहित १२ कार्यविधि पारित
शुक्रबार, पुस १९, २०८१
कालिका नगरपालिकाको दोस्रो कार्यकालको छैटौं नगरसभा योजना संसोधनसहित कार्यविधि पारित गर्दै सकिएको छ । नगरपालिकाका मेयर विनोद रेग्मीको अध्यक्षतमा सम्पन्न भएको नगर सभाले १२ कार्यविधि र ३ वटा ऐन पारित गरेको प्रमुख प्रशाशकिय अधिकृत देबराज चौलागाईंले जानकारी दिए ।

सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू
शुक्रबार, पुस १९, २०८१
शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। उनका अनुसार प्रतिवादी लीला पछाइ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका हुन् । पछाइ र जोशीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए ।

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु
शुक्रबार, पुस १९, २०८१
दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यानका सचिव पारस खड्काले संयुक्त रुपमा गरे ।
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बिहीबार, पुस १८, २०८१
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा बिहीबार राति धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।

भ्रष्टाचारका मुद्दामा हदम्याद नलाग्ने, अख्तियारलाई थप अधिकार
बिहीबार, पुस १८, २०८१
राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारका मुद्दामा हदम्याद नलाग्ने र अनुसन्धान प्रक्रियामा अख्तियारलाई थप अधिकार दिँदै भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ ।

पुस २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने
बिहीबार, पुस १८, २०८१
चितवनको सामाजिक, आर्थिक, र सांस्कृतिक प्रवर्द्धनका लागि चितवन महोत्सव २०८१ आगामी पुस २५ देखि माघ १० सम्म नारायणी नदी किनारको प्रदर्शनी मैदान, नारायणगढमा आयोजना गरिने भएको छ।

'आवश्यक सेवा'मा हडताल निषेधको आदेश जारी गर्दै सरकार
बुधबार, पुस १७, २०८१
आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो ।