Mero Chitwan
यी हुन् शिलाजीतका ७ फाइदा

काठमाडौं–शिलाजीतको नाम तपाईंहरुले सुन्नु भएकै  होला । यो एक आयुर्वेदिक औषधि हो,  जुन शताब्दीयौंदेखि प्रयोग हुँदै आएको छ। 

यो स्नायु, मधुमेह, मूत्ररोग,  हृदय र पाचन विकारमा प्रयोग गरिन्छ। यी बाहेक पुरुषशक्ति बढाउन पनि प्रयोग गरिन्छ। शिलाजीत सामान्यतया आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ। 

शिलाजित हिमालयको चट्टानमा पाइने टार जस्तो टाँसिने पदार्थ हो। शिलाजीतको रंग खैरोदेखि कालोसम्म हुन्छ। यसमा एन्टिअक्सिडेन्ट र एन्टीइन्फ्लेमेटरी गुणहरू पाइन्छन् । यो म्याग्नेसियम, क्याल्सियम, फलाम, जस्ता, तामा, म्यांगनीज र अन्य तत्वहरूको भण्डार पनि हो। 

यसका केही फाइदा

१) शिलाजीतलाई सुपरफुड मानिन्छ, जसको सेवनले शरीरलाई शक्ति मिल्छ । यदि शरीर कमजोर छ भने विशेषज्ञको सल्लाहमा शिलाजीतको सेवन सुरु सकिनेछ । 

२) महिलामा हुने  बाँझोपनको  समस्याको उपचारका लागि शिलाजीतको सेवन गर्न सकिन्छ ।

३) श्वासप्रश्वाससम्बन्धी रोग दमलाई निको पार्न पनि शिलाजीतको सेवन गर्न सकिन्छ । यति मात्र होइन, यदि तपाईं जोर्नी दुखाइजस्ता जोर्नीको     समस्याबाट ग्रसित हुनुहुन्छ भने शिलाजीतको सेवन गर्न सक्नुहुन्छ ।

४) यदि बारम्बार बिरामी भइरहने र संक्रमणले सताइरहने समस्या छ भने शिलाजीतको सेवन गर्न सकिन्छ। 

५) शिलाजीत एक पेनकिलर पनि हो । यदि कुनै किसिमको शारीरिक पीडा छ भने शिलाजीतको सेवन गर्न सकिन्छ । 

६) शिलाजीत प्राकृतिक एन्टिबायोटिक  हो , यसको सेवनले शरीरमा बढ्दै गएका अनगिन्ती रोग र संक्रमणसँग लड्ने शक्ति प्राप्त हुन्छ।

७) शिलाजीतले शरीरलाई ब्याक्टेरिया, भाइरस र फंगससँग लड्ने शक्ति दिनुका साथै  एन्टी एजिङ तत्व पाइन्छ जसले बुढ्यौली रोक्न मद्दत गर्छ  ।

(नोट : यहाँ दिइएका विषय जानकारीका लागि हुन्, स्वास्थ्य समस्याका लागि चिकित्सकसँग परामर्श लिनुहोला )

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update