गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन
शुक्रबार, मंसिर २९, २०८०
पूर्वी चितवनको विद्यालयस्तरीय कविता प्रतियोगितामा अर्बिटकी रोशनी श्रेष्ठ उत्कृष्ट
शुक्रबार, मंसिर २९, २०८०
कालीगण्डकी साहित्य परिषद्ले आयोजना गरेको प्रतियोगितामा पूर्वी चितवनका केही सामुदायीक र निजी विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।
बागमती प्रदेशसभा बैठक अनिश्चित
शुक्रबार, मंसिर २९, २०८०
गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेकाे थियो ।
७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण
शुक्रबार, मंसिर २९, २०८०
उच्चको आदेशपछि आज धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख रुपैयाँ धरौटीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्यो, नयाँ मिति फागुन ७-१० मा
शुक्रबार, मंसिर २९, २०८०
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । यसअघि पौष १६-१९ मा गर्ने निर्णय भएको थियो ।
कति खतरनाक छ एन्टिबायोटिकको अन्धाधुन्द प्रयोग ?
शुक्रबार, मंसिर २९, २०८०
स्वास्थ्यको दृष्टिकोणबाट, एन्टिमाइक्रोबियल प्रतिरोध विश्वव्यापी रूपमा ठूलो खतरा मानिएको छ । इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई) द्वारा हालै जारी गरिएको प्रतिवेदन अनुसार एन्टिबायोटिक प्रतिरोधी क्षमताले प्रत्येक वर्ष १२.७ लाख मानिसको ज्यान लिइरहेको छ। यो महामारीले दैनिक औसत १३ हजार ५६२ जनाको ज्यान लिइरहेको छ ।
यी हुन् ग्रीन कफीका फाइदा
शुक्रबार, मंसिर २९, २०८०
अधिकांश मानिसहरु तौल घटाउन र स्वस्थ रहन ग्रीन टी पिउछन् । तर के तपाईंलाई थाहा छ, जसरी ग्रीन टीका फाइदा छन्, त्यसैगरी स्वास्थ्यका लागि ग्रीन कफीका पनि कैयौं फाइदा छन् ।
बलिउड अभिनेता श्रेयस तलपडेलाई हृदयाघात
शुक्रबार, मंसिर २९, २०८०
सुटिङ भइरहँदा ढलेपछि उनलाई मु्म्बइको बेलेभ्यु अस्पताल लगिएको थियो, जहाँ उनको एन्जियोप्लास्टि गराइएको छ । उनको अवस्थामा सुधार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेन र मोल्डोभालाई सदस्यता दिन वार्ता सुरु गर्ने इयूको निर्णय
शुक्रबार, मंसिर २९, २०८०
युरोपेली संघ (ईयू) का नेताहरूले युक्रेन र मोल्डोभालाई समूहको सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेका छन्। यसबाहेक ईयूले जर्जियाको ‘उम्मेदवारी’ स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
शुक्रबार, मंसिर २९, २०८०
अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
बिहीबार, मंसिर २८, २०८०
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले आज प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो ।
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो
बिहीबार, मंसिर २८, २०८०
दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे ।
थमन विक हत्या मुद्दा : एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ
बिहीबार, मंसिर २८, २०८०
महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।


