Mero Chitwan
महिलाको शव झोलामा फेला परेपछि...
महिलाको शव झोलामा फेला परेपछि... परिवारका सदस्यहरू महिलाका बारेमा चिन्तित भए पनि अपार्टमेन्टमा पहुँच कायम गर्न सकेका थिएनन् । तर प्रहरी अधिकारीहरु घटनास्थलमा आउनु अघि अपार्टमेन्ट भवनका सुपरिटेन्डेन्टले परिवारलाई भित्र जान दिएका थिए । जहाँ उनीहरूले महिलाको शव झोलामा भेट्टाएका थिए ।
आजदेखि छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण
आजदेखि छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरण सुरु गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।
अपराध नियन्त्रण गर्न निर्देशन कुरिरहनु पर्दैन : गृहमन्त्री
अपराध नियन्त्रण गर्न निर्देशन कुरिरहनु पर्दैन : गृहमन्त्री उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका  छन् ।
लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट, सुनुवाइ चैत ४ मा
लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट, सुनुवाइ चैत ४ मा अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न कानुन बनाउनुपर्ने माग गर्दै रिट दायर गरेकी हुन् ।
रामेछापको टार गाउँमा भिषण आगलागी, २० भन्दा बढी घर-गोठमा क्षति
रामेछापको टार गाउँमा भिषण आगलागी, २० भन्दा बढी घर-गोठमा क्षति रामेछापको रामेछाप नगरपालिका ९, टार गाउँमा आज भएको भिषण आगलागीबाट २० भन्दा बढी घर-गोठ जलेर नष्ट भएका छन् । बस्ती नजिकैको जंगलमा बुधबार लागेको डढेलो नियन्त्रणमा लिए पनि पुन: सल्किएर आज गाउँमा आगलागी भएको हो । 
बागलुङको बरेङमा लागेको नियन्त्रणमा आएन, विद्यालय र बस्ती जोखिममा
बागलुङको बरेङमा लागेको नियन्त्रणमा आएन, विद्यालय र बस्ती जोखिममा बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको वन क्षेत्रमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित शारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् । 
रुसमा थप ७ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि
रुसमा थप ७ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि मन्त्रालयका अनुसार हालसम्ममा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सन्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् । 
उदयपुर जिप दुर्घटना अपडेट :  मृत्यु हुनेको संख्या ८ पुग्यो, सबैको सनाखत
उदयपुर जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, सबैको सनाखत धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे । 
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु 
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु   धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो । 
Weather Update