Mero Chitwan
महिलाको शव झोलामा फेला परेपछि...
घटनास्थलमा सुरक्षा अधिकारीहरु ।

न्युयोर्क-न्युयोर्कको म्यानहटनमा एक अपार्टमेन्टभित्र एक महिलाको शव झोलामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । यो  घटना २०६ ईष्ट ३१ स्ट्रीटको हो ।

परिवारका सदस्यहरू महिलाका बारेमा चिन्तित भए पनि अपार्टमेन्टमा पहुँच कायम गर्न सकेका थिएनन् । तर प्रहरी अधिकारीहरु घटनास्थलमा आउनु अघि अपार्टमेन्ट भवनका सुपरिटेन्डेन्टले परिवारलाई भित्र जान दिएका थिए । जहाँ उनीहरूले महिलाको शव झोलामा भेट्टाएका थिए ।

उक्त शव ५२ वर्षीया नादिया भिटेलको भएको बताइएको छ । मुख्य चिकित्सा परीक्षकको कार्यालयले मृत्युको कारण निर्धारण गर्नेछ। घटनाबारे अनुसन्धान जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update