कर्णाली पुलबाट हामफालेपछि बेपत्ता भएका युवकको शव भेटियो
बिहीबार, चैत १५, २०८०
एसईई : सर्लाहीबाट १० निरीक्षक निष्काशित
बिहीबार, चैत १५, २०८०
आजदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो। कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
बिहीबार, चैत १५, २०८०
पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
रामनगरमा रोकिराखेको बसमा माइक्रोबस ठोक्किँदा ८ घाइते
बिहीबार, चैत १५, २०८०
प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि चेकिङका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा काठमाडौं जाँदै गरेको ग २ ख २२५ नम्बरको माइक्रो बस ठोक्किएको हो । बस झापाबाट काठमाडौं जाँदै थियो ।
आजदेखि एसईई सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी
बिहीबार, चैत १५, २०८०
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार ८ सय ६ विद्यालयबाट ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी भइरहेका छन् । जसमध्ये छात्र २ लाख ५३ हजार ७ सय २७ छन् भने छात्रा २ लाख ५० हजार ७ सय ७२...
लोडसेडिङ हुन लागेको चर्चा सही होइन : ऊर्जामन्त्री बस्नेत
बुधबार, चैत १४, २०८०
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको चर्चा सही नभएको बताएका छन् ।
क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
बुधबार, चैत १४, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि विभागको निर्देशन
बुधबार, चैत १४, २०८०
औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए
सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ : गृहमन्त्री लामिछाने
बुधबार, चैत १४, २०८०
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी अनियमितता प्रकरणमा आफ्नो नाम जोडिए पनि नाम बाहेक कुनै कुरा नभएको दाबी गरेका छन्
सुनकोशीमा बेपता तीनमध्ये थप एक बालिकाको शव फेला
बुधबार, चैत १४, २०८०
होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ
पसलमा भएको आगलागीमा जलेर एकको मृत्यु
बुधबार, चैत १४, २०८०
जस्ताको टहरा पसल संचालन गर्दै आएका श्रेष्ठको बुधबार बिहान ३ बजे तिर अचानक पसलमा भएको आगलागीमा जलेर मृत्यु भएको हो । श्रेष्ठ पसलमा एक्लै बस्दै आएका थिए ।


