एसीसी महिला एसिया क्रिकेट : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
सोमबार, साउन ७, २०८१
क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
आइतबार, साउन ६, २०८१
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाइ विश्वासको मत
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुले पुर्याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण
आइतबार, साउन ६, २०८१
गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार एक सय ७४ रुपैयाँ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई दुई लाख ४५ हजार चार सय ६८ रुपैयाँ हस्तान्तरण...
सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
आइतबार, साउन ६, २०८१
सर्वोच्च अदालतले वर्तमान सरकार गठन गर्दा संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ
नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमति सार्वजनिक
आइतबार, साउन ६, २०८१
असार १७ को मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमति आज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नु भएको छ
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी : भारतीय उद्धार टोलीले थाल्यो काम
आइतबार, साउन ६, २०८१
चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा सघाउन आएको भारतीय टोलीले आज बिहानदेखि उद्धारको काम सुरु गरेको छ । भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको विशेषज्ञसहितको टोली...
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
बंगलादेशबाट १७ नेपाली आज फर्कँदै
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरुलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्...
छिमेकी मुलुक धमाधम विद्यार्थी उद्धार गर्दै, नेपाल सरकारको भने हेल्प डेस्कमात्र
शनिबार, साउन ५, २०८१
भारतले बंगलादेशस्थित उच्चायुक्तको कार्यालयमार्फत् हवाई तथा स्थलमार्गमार्फत् १ हजार विद्यार्थीको उद्धार गरेको छ । बंगलादेशमा भारतका ७ हजार विद्यार्थी अध्ययनरत रहेकोमा चार हजार आफ्नो सम्पर्कमा रहेको भारतीय विदेश मन्त्रालयले जनाएको...
हनुमन्ते पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान
शनिबार, साउन ५, २०८१
भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि शनिबार साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा...
चितवनको भतेरीमा बस र ट्याङ्कर ठोक्किँदा १५ जना घाइते
शनिबार, साउन ५, २०८१
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग२ख १४०१ नंको बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१...
ओली सरकारले गरेका कमजोरीमा मौन बस्दैनौँ– विश्वप्रकाश शर्मा
शनिबार, साउन ५, २०८१
उनले भने, ‘ओली सरकारलाई सफल बनाउँन हामी कांग्रेसले साथ दिन्छौं। हामी उभिएर विश्वासको मत दिएका छौं त्यसकारण तपाईको बारेमा हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौं भन्ने विल्कुल होइन। उहाँहरुको सन्दर्भमा...
मनसुनी विपदमा ज्यान गुमाएका ६९ जनाका परिवारलाई पठाइयो १ करोड ३८ लाख
शनिबार, साउन ५, २०८१
मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ
माइक्रोसफ्ट डाउन : विश्वभर अवरुद्ध भएका सेवा बिस्तारै सुचारु हुँदै
शनिबार, साउन ५, २०८१
विश्वभर अवरुद्ध भएको विमान सेवा, सञ्चारमाध्यम, बैंक तथा अस्पतालका सेवाहरु बिस्तारै सञ्चालन हुँदै आएको बीबीसीले उल्लेख गरेको छ । हिजो साइबर–सुरक्षा फर्म ‘क्राउडस्ट्राइक’ले त्रुटिपूर्ण सफ्टवेयर अपडेट जारी गरेपछि माइक्रोसफ्ट विन्डोजलाई...
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि आजदेखि भारतीय उद्धार टोली खटिने
शनिबार, साउन ५, २०८१
चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि आजदेखि भारतीय उद्धार टोली खटिने भएको छ । त्रिशूली नदीमा गत शुक्रबार खसेको बसमा सवार यात्रुमध्ये हालसम्म २५ जनाको...
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो
शनिबार, साउन ५, २०८१
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८०...
सिमलताल दुर्घटना : बेपत्ता यात्रुमध्ये २३ को शव भेटियो, १४ को सनाखत
शुक्रबार, साउन ४, २०८१
नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर-२९ सिमलतालस्थित त्रिशूली नदीमा खसेर बेपत्ता दुई बसमा सवार यात्रुमध्ये हालसम्म २३ जनाको शव फेला परेको छ । त्यसमध्ये १४ जनाको मात्र सनाखत भएको छ ।
मुस्ताङमा नाली खन्ने क्रममा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु
शुक्रबार, साउन ४, २०८१
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृृत्यु भएको छ । ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो ।