Mero Chitwan
पिउने पानीले गाडी धुन प्रतिबन्ध, ५ हजार जरिवाना हुने

एजेन्सी–भारतको बेंगलुरुमा गहिरिँदो पानी संकटका कारण बेंगलुरु खानेपानी तथा ढल निकास बोर्डले पिउने पानीको प्रयोगबारे एक आदेश जारी गरेको छ।

आदेशमा, बेंगलुरुका बासिन्दालाई बगैंचामा हाल्ने, सवारी साधन धुने वा भवन निर्माणमा पिउने पानी प्रयोग नगर्न आदेश दिइएको छ । त्यसो गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने बोर्डले जनाएको छ । बोर्डले खानेपानी संकटका कारण पानीको संरक्षण गर्न नागरिकलाई आग्रह गरेको छ । 

बोर्डसँग दैनिक प्रयोगका लागि ३३ वटा ट्रिटमेन्ट प्लान्टमा १३० करोड लिटर प्रशोधित पानी रहेको जनाएका छन् । यसका साथै ठूला निजी अपार्टमेन्ट कम्प्लेक्ससँग छुट्टै ६० करोड लिटर प्रशोधित पानी रहेको जनाएको छ जुन पिउने प्रयोजनका अलावा अन्य उद्देश्यले प्रयोग गर्न पर्याप्त छ । बोर्ड अध्यक्ष रामप्रसाद मनोहरले सोमबार या मङ्गलबारसम्ममा निर्माण कार्यका लागि पानी किन्न बिल्डर वाटर ट्रिटमेन्ट प्लान्टसँग सम्पर्क गर्न सक्ने गरी मोबाइल एप सार्वजनिक गर्ने तयारी गरिएको छ । 

मनोहरले प्रशोधित पानी कुन पानी पिउन योग्य हो र कुन होइन भन्ने सहजै पहिचान गर्न ट्याङ्करमा स्टिकर लगाइने बताए । तर, पानीको दुरुपयोग गर्नेलाई जरिवाना गर्ने निर्णयको आलोचना भएको छ । पानीको दुरुपयोग रोक्न प्रहरी परिचालन गर्न नसकिने आलोचकको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update