Mero Chitwan
देवघाटमा वत्स भवन निर्माण गरिने

चितवन- दाहाल कल्याणकारी समाजले देवघाट धाममा वत्स भवन निर्माण गर्ने भएको छ । कालिका नगरपालिका ५ स्थित भीमवली पार्कमा वनभोज तथा दाहाल बन्धु भेटघाट कार्यक्रमका अवसरमा समाजका अध्यक्ष बाबुराम दाहालले वत्स भवन निर्माणको पहल भइरहेको जानकारी दिएका हुन् । 

बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सामाजिक अभियन्ता किशोरकुमार दाहाल, साहित्यकार एवं कालीगण्डकी साहित्य परिषद्का उपाध्यक्ष चिरञ्जीवी दाहाल, समाजका कानुनी सल्लाहकार मुकुन्द दाहाल, उपसभापति कृष्णबहादुर दाहाल, समाजसेवी देवी दाहाल लगायतले बन्धुत्व र आपसी सहकार्यको दायरालाई बढाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।  

कार्यक्रममा साहित्यकार चिरञ्जीवी दाहालले "दाहाल वंश" शीर्षकको छन्द कविता प्रस्तुत गरेका थिए ।

dahal1-1709432496.jpg

दाहाल कल्याणकारी समाज चितवनका उपाध्यक्ष कृष्णलाल दाहालले स्वागत मन्तव्य गरेको कार्यक्रममा हरिप्रसाद दाहालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । प्रमुख अतिथि घनश्याम दाहालले दाहाल कल्याणकारी समाजलाई हरतरहले सहयोग गरिरहने वाचा प्रतिबद्धता जनाए । विशिष्ट अतिथि किशोरकुमार दाहालले दाहाल वंशको उत्थानका लागि आफू नेपालका अधिकांश जिल्लामा पुगिसकेको र दाहाल वंशको हरेक कार्यक्रममा आफू उपस्थित हुने कुरा बताएका थिए । 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update