Mero Chitwan
नेवार समुदायमा गरियो म्हः (आत्म) पूजा

काठमाडौँ-प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ ।

 कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्म  (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ । 

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले म्हः (आत्म) पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा भवानीप्रसाद खतिवडा बताउँछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।

 विगतमा नेवार समुदायले मात्र मनाउने यो पर्वमा अहिले अरु समुदायका मानिस पनि सहभागी हुन थालेका छन् । म्हः (आत्म) पूजा शास्त्रसम्मत् भएकाले पनि अन्य समुदाय सहभागी हुन थालेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update