बसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली
काठमाडौं-फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।
परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ। चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१