Mero Chitwan
किन भनिन् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रलाई होइन नर्कजीवन केन्द्र ?

काठमाडौं : शारीरिक अपाङ्गता भएका बिरामीको पुनर्स्थापना र उपचार गर्ने उद्देश्यले नेपाल अपाङ्ग संघले २०५५ सालमा स्थापना गरेको अस्पताल हो, खगेन्द्र नवजीवन केन्द्र अपाङ्ग अस्पताल । अस्पतालले हाडजोर्नीसम्बन्धी र शारीरिक अपाङ्गता भएका सबै खालका बिरामीको उपचार गर्दै आएको बताउने गरेको छ । 

तर, स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको निरीक्षण गरेपछि केही तथ्य आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेकी छन् । उनले त्यहाँ राखिएका ८४ जना अपाङ्गता भएका नागरिकको बिजोग स्थिति रहेको, एकै कोठामा ७, ८ जना कोचेर राखिने गरेको, नियमित उपचार नगरिएको जस्ता विषय उठाएकी छन् । यसका साथै बजेटको लेखाजोखा नभएको र दातृ निकायले दिने गरेको सहयोगको हिसाबकिताब नहुने गरेको समेत उनको आरोप लगाएकी छन् । 
के के देखिन् त उनले ? उनले फागुन १५ गते आफ्नो फेसबुकमा राखेको विवरण जस्ताको तस्तै :

विभिन्न गुनासोहरु आएपछि आज, म तोसिमा कार्कीसहित रास्वपा केन्द्रीय युवा तथा खेलकुद विभागका साथीहरु आज गोकर्णेश्वर स्थित खगेन्द्र नवजीवन केन्द्रको अवलोकनमा गयौँ।

त्यहाँ राखिएका ८४ जना अपाङ्गता भएका नागरिकको विजोग स्थिति, एकै कोठामा ७, ८ जना कोचेर राखिने, पर्याप्त कर्मचारी छैन, पिसाबै पिसाब गन्हाएको, कसैलाई धेरै दिनदेखि बाँधेर राखिएको, कसैको खुट्टा सुन्निएका, कसैको बेडसोर भएका, नियमित उपचार नगरिएको, पिसाबको थैली धेरै दिनदेखि नफेरिएको, निशुल्क बस्ने खाने पढ्न पाउने हुनुपर्नेमा महिनाको ६००० उठाउने गरेको, एकै परिवारसँग ५५ लाख उठाईएको, तर कोषमा पैसा नभएको, आर्थिक हिनामिना गरिएको, यस्को विरुद्दमा बोल्ने अपङ्गता नागरिकमाथि हातपात गर्ने कुट्ने सम्म गरिने, केयर गर्न स्टाफ नराखिएको, चिसोमा अध्यारोमा सुताईएको, ह्विलचियर वितरण नगरिएको, वर्षेनी नेपाल सरकारले दिने एक करोड बजेटको लेखाजोखा नभएको,दातृहरुले दिने सहोगको पनि हिसाब छैन, त्यहाँको वासस्थान र पुर्वाधारहरु हेर्दा यो खगेन्द्र नवजीवन केन्द्र मा यि अपाङ्गता भएका नागरिकहरुले नवजिवन होईन नर्कजीवन जिउन वाध्य बनाईएको महसुस गर्यौँ। निकै पिडादायी थियो त्यो दृश्य र उहाँहरुको रोदन। 

download-1709115292.jpg

आर्थिक अवचलन, भ्रष्टाचार, वेथिती र चरम दुर्व्यवहार । मान्छेलाई मान्छेजस्तो सहानुभूतिपूर्ण व्यवहारसम्म नगरिएको बारेमा सबै पीडितहरुको गुनासो प्रत्यक्ष सुनेर देखेर हामी केन्द्रका अध्यक्ष सँग भेट्न खोज्दा हामी त्यहाँ उनको अफिस पुग्दा उनी त्यहाँबाट भागेछन्। 

प्रशासनमा जो भेट्यौँ उनीहरुसँगै सोधपुछ गर्यौँ र त्यसपपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेटि उक्त केन्द्रमा जे देख्यौँ सो भनेर तत्काल कारवाही प्रकृया अघि बढाउन भनेका छौँ साथै विशेष सुरक्षा र निगरानी दिन समेत अनुरोध गरेका छौँ।यो केन्द्रलाई तत्काल व्यवस्थित र बस्न लायक र पारदर्शी  बनाउन जरुरी छ। सम्पूर्ण सबै निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु।

download-1709115431.jpg

download-1709115479.jpg

स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीको फेसबुकबाट

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update