Mero Chitwan
इतिहासमा आज : अमेरिकाद्वारा खाडी युद्ध समाप्त भएको घोषणा

काठमाडौं–आज फेब्रुअरी २७ । आजका दिन विश्वभर प्रमुख घटना के–के भएका थिए त ?

२०१० : चिलीमा गएको ८.८ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीका कारण ५ सय जनाको मृत्यु हुनाको साथै हजारौं घाइते भए ।

२००२ : भारतको अयोध्याबाट फर्किरहेको रेलमाथि मुस्लिम समूहले आगो लगाउँदा ५९ हिन्दु श्रद्धालुको मृत्यु,  जसलाई गोधरा काण्ड मानिन्छ ।

१९९१ : अमेरिकी राष्ट्रपति जर्ज बुशले खाडी युद्धमा विजयी भएको घोषणा गर्दै युद्धविराम घोषणा गरे । 

१९६८ : अमेरिकामा सबैभन्दा विश्वासिलो व्यक्ति मानिएका पत्रकार वाल्टर क्रोन्काइटले आफ्नो निष्पक्षताबाट अलग रहँदै भियतनाम युद्ध लामो गतिरोधमा मात्र समाप्त हुन सक्छ भनी भविष्यवाणी गरे, जुन युद्धबारे अमेरिकी जनताको राय परिवर्तनका लागि सहयोगी साबित भएको थियो ।

१९६७ : सेन्ट किट्स नेभिस बेलायतअधिनस्थ् स्वतन्त्र राज्य बन्यो ।

१९३२ : प्रख्यात अमेरिकी अभिनेत्री एलिजावेथ टेलरको जन्म । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update