Mero Chitwan
इतिहासमा आज : वर्ल्ड ट्रेड सेन्टरमा पहिलो आतंकवादी आक्रमण

काठमाडौं–आज फेब्रुअरी २६ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ? 

१८१५ : फ्रान्सको सम्राटबाट सत्ताच्युत भएपछि एल्बा टापुमा निर्वासनमा  रहेका नेपोलियन बोनापार्ट आजैका दिन निर्वासनबाट भाग्न सफल भएका थिए।

१९१९ : अमेरिकी संसदद्वारा एरिजोनामा ग्रान्ड क्यान्योन राष्ट्रिय निकुन्ज स्थापना । 

१९३५ : वैज्ञानिक रबर्ट वाट्सन वाटले रेडियो संकेत प्रणाली राडारको पहिलो प्रदर्शन गरे ।

१९३६ : जापानमा सैन्य कू ।

१९५२ : बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलद्वारा बेलायतको आफ्नै परमाणु बम भएको घोषणा ।

१९५१ : कुवेत आक्रमणपछि फर्किरहेका इराकी सेनालाई लक्षित गर्दै अमेरिकासहितको गठबन्धन फौजले विमानबाट गरेको आक्रमणमा सयौं मानिसको मृत्यु भएको थियो । यसलाई हाइवे अफ डेथ भनिन्छ । 

१९९३ : न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा आतंकवादी आक्रमण । उक्त घटनामा इस्लामिक कट्टरपन्थीहरुलाई दोषी ठहर गरियो । तर, २००१ को सेप्टेम्बर ११ मा यो पुनः आतंकवादी आक्रमणमा परी ध्वस्त भयो ।
 
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update