Mero Chitwan
इतिहासमा आज : विश्वकै पहिलो क्लोन गरिएको भेंडा डलीको जन्म 
क्लोन गरिएको भेंडासँग इयान विल्मुट

काठमाडौं–आज फेब्रुअरी २२ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

१९९७ : बेलायती वैज्ञानिकहरुद्वारा वयस्क जनावरको पहिलो क्लोनबाट डली नाम गरेको भेंडाको जन्म भएको घोषणा । यो काम एडिनबर्गको रोजलिन इन्सिच्युटका इयान विल्मुटको निर्देशनमा भएको थियो । २००३ सम्म बाँचेको यो भेंडाको शरीरलाई स्कटल्याण्डको संग्रहालयमा राखिएको छ। 

२०१४ : युरोपेली युनियनसँगको सम्झौताबाट पछि हटेपछि युक्रेनी राष्ट्रपति भिक्टोर यानुकोभिचमाथि महाभियोग लगाइयो, पछि उनी देशबाटै भागेका थिए । 

२०१४ : विश्वकै कु्ख्यात मानिएका लागुऔषधका कारोबारी एल चापो मेक्सिकोमा पक्राउ । 

१९६७ : इण्डोनेसियाका सैनिक जनरल हाजी मोहम्मद सुहार्तोले देशको सबै कार्यकारी अधिकार नियन्त्रणमा लिए । 

१९४८ : कू मार्फत् चेकोस्लोभाकिया कम्युनिष्ट राज्य भयो । तर, यो मुलुक १९९३ मा चेक रिपब्लिक र स्लोभाक रिपब्लिकमा रुपमा दुई देशमा विभाजन भयो ।, 

१९४२ > जर्मनीमा ह्वाइट ग्रुप भनिने नाजीविरोधी समूहका ३ सदस्यलाई म्युनिखमा मृत्युदण्ड दिइयो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update