Mero Chitwan
इतिहासमा आज : आवाज रेकर्ड गर्न मिल्ने मेसिन आविस्कार 

काठमाडौं–आज फेब्रुअरी १९ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

२००८ : क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोद्वारा पदबाट राजीनामा । उनको कार्यभार भाइ राउलले सम्हाले । 

१९९७ : १९७० को दशकमा चीनमा आर्थिक सुधारका सूत्रधार मानिएका नेता देङ सिआयो पिङको ९२ वर्षको उमेरमा निधन ।

१९८६ : सोभियत संघले पृथ्वीको कक्षमा मिर नामको अन्तरिक्ष स्टेसन प्रक्षेपण गर्‍यो । 

१९५९ : बेलायतबाट साइप्रसलाई स्वतन्त्रता दिने निर्णय, यसको घोषणा भने १९६० अगष्ट १६ मा भएको थियो ।

१८८१ : अमेरिकाका कान्सासले देशमै पहिलोपटक मदिराजन्य पदार्थमा प्रतिबन्ध घोषणा गर्‍यो । 

१८८७ : वैज्ञानिक थोमस अल्बा एडिसनले आवाज रेकर्ड गर्न सक्ने मेसिन फोनोग्राफ आविस्कार गरे । 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update