Mero Chitwan
इतिहासमा आज : क्युबामा कम्युनिष्ट शासन सुरु

काठमाडौं–आज फेब्रुअरी १६ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

२०१६ : इजिप्टका बौद्धिक व्यक्तिका रुपमा रहेका राष्ट्रसंघका पूर्वमहासचिव बुत्रोस बुत्रोस घालीको ९३ वर्षको उमेरमा निधन । 

२००५ : विश्व तापमानवृद्धिका लागि कारक मानिएका ग्यास उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्य राखिएको क्योटो प्रोटोकल कार्यान्वयनमा । 
१९८५ : लेबनानको लडाकू समूह हेजबोल्लाह गठन । यो समूहलाई पश्चिमा मुलुकहरुले आतंकवादी घोषणा गरेका छन् । 

१९५९ : सैनिक तानाशाह जनरल फुल्जेनिको बाटिस्टाका सेनालाई पराजित गर्दै क्युबाली कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोले सत्ता कब्जा गरे र प्रधानमन्त्री नियुक्त भए ।  

१९५७ : बीबीसी र आइटीभीले विश्वयुद्धलगत्तै सुरु गरेको ‘टोड्लर ट्रुस’ अर्थात् बाल युद्धविरामको नीति अन्य । यो नीतिअन्तर्गत बालबालिकालाई समयमै बेडमा जान सहयोग पुर्‍याउने उद्देश्यले साँझ ६ देखि ७ बजेसम्म कुनै पनि कार्यक्रम दिइँदैनथ्यो । 

१९४५ : जापानले कब्जामा लिएको २ हप्तामै अमेरिकी प्याराट्रुपर फिलिपिन्सको कोरेगिडोर टापुमा उत्रिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update