Mero Chitwan
किसानका मागको समर्थनमा आज भारत बन्द

एजेन्सी-किसानका मागको समर्थनमा संयुक्त किसान मोर्चालगायतका किसान संगठनहरूले आज भारत बन्दको घोषणा गरेका छन्।

संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ । त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ । यस्तै कैयौ ट्रक एसोसिएशनदेखि ट्रेड यूनियन पनि बन्दमा सहभागी हुनेछन् । 

यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकिएको छ । उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए ।

भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ । दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नका लागि पूर्ण व्यवस्था गरिएको छ भने पञ्जाबदेखि हरियाणा, दिल्लीदेखि यूपीसम्म हाई अलर्ट जारी गरिएको छ ।

किसानको अर्को संगठन संयुक्त किसान मोर्चा (गैरराजनीतिक) ले पनि भारत बन्दमा सहभागी हुन जनतालाई अपिल गरेको छ ।

किसान संगठन र भारत सरकारबीच हिजो भएको तेस्रो चरणकाे वार्ता पनि असफल भएको थियो । न्यूनतम समर्थन मूल्यका लागि कानुन बनाउनुपर्ने उनीहरुको प्रमुख माग छ । 

bharat-band-1708050128.jpg

kisan2-1708050167.JPG

kisan-1708050165.JPG

kisan1-1708050164.JPG

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update