Mero Chitwan
इतिहासमा आज : २७ वर्षको जेल सजायपछि नेल्सन मन्डेला रिहा

काठमाडौं–आज फेब्रुअरी ११ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

२०११ : अरब स्प्रीङ नामले चिनिएको प्रजातान्त्रिक आन्दोलनपछि इजिप्टमा ३० वर्ष शासन गरेका राष्ट्रपति होस्नी मुबारकले राजीनामा दिए । 

१९९० : जेलमा २७ वर्ष बिताएपछि दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेला रिहा । 

१९८९ : बारबरा ह्यारिस विश्वमै पहिलो प्रोटेस्टेन्ट चर्चको बिशप नियुक्त । 

१९७५ : बेलायती राजनीतिज्ञ मार्गरेट थ्याचर कन्जर्भेटिभ पार्टीको नेता निर्वाचित । सन् १९७९ मा प्रधानमन्त्री बनेकी उनी युरोपकै पहिलो महिला प्रधानमन्त्री हुन् । 

१९६९ : १९९४ देखि २००४ सम्म चलेको प्रख्यात टेलिभिजन शृंखला फ्रेन्ड्समार्फत् चर्चित बनेकी अमेरिकी अभिनेत्री जेनिफर एनिस्टनको जन्म । 

१९४५ : दोस्रो विश्वयुद्ध जारी रहेकै समयमा गठबन्धनका नेताहरुबीचको बैठक याल्टा सम्मेलन समापन । 

१८४७ : अमेरिकी प्रख्यात आविस्कारक थोमस एडिसनको जन्म । उनले एकल तथा संयुक्त गरेर १ हजार ३ वटा आविस्कार गरेर विश्व रेकर्ड कायम गरेका यिए । 

mandela-1707623298.jpg

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update