Mero Chitwan
आमा चार तलाबाट हामफालिन्, अचेत फेला परेका दुई बालबालिकाको मृत्यु

काठमाडौँ-ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
    
 जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको हो । 

  घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

   घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update