Mero Chitwan
इतिहासमा आज : विश्व चेस च्याम्पियन कम्प्युटरसँग पराजित

काठमाडौं–आज फेब्रुअरी १० । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

१९९६ : आइबीएम कम्प्युटरले विकास गरेको डीप ब्लु नामक चेस सफ्टवेयर र विश्व चेस च्याम्पियन ग्यारी कास्पारोभबीच भएको चेस प्रतियोगिता अन्तर्गत ३ घण्टासम्म चलेको पहिलो राउण्डमा डीप ब्लु विजयी भयो । ६ राउण्डमा भएको उक्त प्रतियोगितामा ग्यारीले ३ राउण्ड जिते भने २ राउण्ड बराबरी भयो । प्रतियोगितामा भने ग्यारी विजयी भएर ४ लाख डलर पुरस्कार जिते । आइबीएमले उक्त सफ्टवेयर प्रतिसेकेण्ड २० करोड चाल मूल्यांकन गने क्षमताको बनाएको थियो । डीप ब्लु १९८९ मा विकास गरिएको थियो । 

२००५ : प्रख्यात नाटककार एवं ‘डेथ अफ अ सेल्सम्यान’ नाटकका लागि पुलित्जर पुरस्कार विजेता आर्थर मिलरको ८९ वर्षको उमेरमा निधन । 

२००९ : इरिडियम ३३ नामको अमेरिकी भूउपग्रह र कस्मस २२५१ नामको रुसी भूउपग्रह अन्तरिक्षमा एक आपसमा ठक्कर खाएर दुर्घटना । 

१९९० : ग्यालिलियो नामको यान जुपिटर ग्रहमा जाने क्रममा भेनस ग्रहनजिकै पुगेको थियो । 

१९४७ : इटाली, रोमानिया, हंगेरी, बुल्गेरिया, फिनल्याण्ड र अमेरिकी गठबन्धनबीच पेरिस शान्ति सम्झौता सम्पन्न । 

१९५४ : अमेरिकी राष्ट्रपति आइजनहावरद्वारा भियतनाममाथि आक्रमण गर्ने चेतावनी । 

१८४६ : ब्याटल अफ सोब्राअन नामले चिनिने पहिलो सिख युद्धमा ब्रिटिशले सिखमाथि विजयी हासिल ग¥यो । 

१८३७ : रुसी लेखक अलेक्जाण्डर पुस्किनको हत्या ।  
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update