Mero Chitwan
इतिहासमा आज : महारानी एलिजावेथ प्रथमकी प्रतिद्वन्द्वीलाई टाउको काटेर मृत्युदण्ड


काठमाडौं–आज ८ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?

१५८७ :  इंगल्याण्डकी महारानी एलिजावेथ प्रथमकी प्रतिद्वन्द्वी मानिएकी स्कटल्याण्डकी रानी मेरीलाई आजैका दिन टाउको काटेर मृत्युदण्ड दिइएको थियो । 

१९०४ : रुस र जापानबीचको युद्ध सुरु । 

१९१५ : डीडब्लु ग्रिफिथको विवादास्पद फिल्म द बर्थ अफ नेशन लस एन्जलसमा प्रिमियर। 

१९२४ : अमेरिकामा पहिलोपटक नेभाडामा ग्यास च्याम्बरमा राखेर मृत्युदण्ड दिइएको थियो । 

१९४२ : दोस्रो विश्वयुद्धअन्तर्गत जापानले सिंगापुरमाथि आक्रमण गर्‍यो । 

१९६० : हलिउडको वाक अफ फेमको निर्माण सुरु । 

१९६८ : साउथ क्यारोलिनाका एक अश्वेत विद्यार्थीमाथि आक्रमण भएपछि अमेरिकामा नागरिक अधिकार आन्दोलन सुरु । 

१९७१ : अमेरिकाका नास्दाक स्टक मार्केट सुरु । 

२०१० : अफगानिस्तानको हिन्दकुश पर्वतमा गएको भीषण पहिरोका कारण ३.२ किलोमिटर  सडक पुरिनुका साथै १ सय ७२ जनाको मृत्यु भयो । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update