Mero Chitwan
यसवर्षको एसईईको तालिका सार्वजनिक [विवरणसहित]

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । 

यो वर्षको एसइई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन् ।

यस वर्षको परीक्षामा हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् २७ अङ्क ल्याउनै पर्ने व्यवस्था लागू हुँदैछ । बोर्डले तयार गरेको प्रश्न पत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुने भएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update