Mero Chitwan
एकै वर्षमा लोकसेवाको पाँच वटा परीक्षामा पास 

गुल्मी– गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएका विभिन्न पदका पाँच  परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् ।  

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह पास गरेकी हुन् । 

'सानैदेखि  नर्सिङ विषय पढ्ने रहर थियो  ।  छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ', उनले भनिन् ।  परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । उनले क महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएकोे पनि बताइन् । “ स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ”, उनले भनिन् , “रुचि र इच्छा भयो भने नेपालमम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।” 

जिसी स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५  सालमा उत्तीर्ण भएकी हुन् ।  यसपछि करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट पास गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्छिन् । रासस

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update