Mero Chitwan
अमेरिकाको विमानस्थलबाटै फिर्ता गरिने नेपालीको संख्या बढ्यो, किन फर्काइन्छन् ?

काठमाडौं–अमेरिका प्रवेश गर्ने क्रममा विमानस्थलबाटै फिर्ता पठाइने नेपालीको संख्या बढेको छ । 

कस्टम एण्ड बोर्डर प्रोटेक्सन–सीबीपीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने खसोखास अनलाइनले जनाएअनुसार भिसा रद्ध गरेर विमानस्थलबाट फिर्ता पठाइएका नेपालीको संख्या सन् २०२२ मा ९६ थियो । यस्तै, २०२१ मा ११, २०२० मा ७, २०१९ मा ९ र २०१८ मा ५ नेपालीलाई फिर्ता पठाइएको थियो । सन् २०१६ र २०१७ मा कसैलाई पनि फिर्ता पठाइको थिएन । 

यसैसाता पनि एक नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय विद्यार्थी भिसा एफवानमा अमेरिका प्रवेश गर्ने क्रममा विमानस्थलबाट सीबीपी अधिकारीहरुले नेपाल फर्काइदिएका छन् । 
किन फर्काइन्छन् ?
कुनै पनि आप्रवासी अमेरिका प्रवेशका लागि विमानस्थललगायत पोर्ट अफ इन्ट्रीमा आइसकेपछि उसलाई अमेरिका प्रवेश दिने नदिने अन्तिम अधिकार कस्टम एण्ड बोर्डर प्रोटेक्सन अर्थात् सीबीपीका अधिकारीसमक्ष हुन्छ । 

आवश्यक र वैध यात्रा कागजातविना अमेरिका प्रवेश गर्ने प्रयास गर्ने व्यक्तिहरूलाई विमानस्थलबाट फिर्ता गरिनसक्छ । त्यस्तै आफ्नो भिसाका सर्त उल्लङ्घन गर्ने व्यक्तिहरू अर्थात् तिनीहरूको भिसा श्रेणीले अनुमति नदिने गतिविधिहरूमा संलग्न हुने व्यक्तिहरुलाई विमानस्थलबाट फिर्ता गरिनसक्छ । 

यदि व्यक्तिले अमेरिका प्रवेशका क्रममा सीबीपी अधिकारीसमक्ष गलत जानकारी प्रदान गर्दछ वा प्रवेश प्रकृयामा आफैलाई गलत प्रस्तुत गर्दछ भने सीबीपी अधिकारीले तिनीहरूलाई फिर्ता पठाउन सक्छन् । केही आपराधिक सजाय वा गतिविधिहरूले व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लाग्नसकछ । यदि उल्लङ्घनलाई गम्भीर अपराध मानिएको छैन भने सीबीपीले अदालतमार्फत् कार्यवाहीको सट्टा प्रशासनिक फिर्तीको लागि रोज्न सक्छ। केही स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई पनि विमानस्थलबाट फर्काइनसक्छ । फिर्ता पठाइने यी मुख्य कारण भएपनि यी बाहेक अन्य कारणले पनि फिर्ता पठाउन सकिन्छ । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update