Mero Chitwan
पूर्वडिआइजी शाहलाई तीन वर्ष जेल सजाय

काठमाडौँ- विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय बुधबार उक्त सजाय निर्धारण गरेको हो । 

क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई जनालाई अदालतले दोषी ठहर गरेको थियोे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई रु १६ लाख ६९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले सोही रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । 

यस्तै अदालतले उक्त प्रकरणमा पूर्वप्रहरी नायब निरीक्षक  दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद तथा रु १६ लाख ६९ हजार जरिवाना गरेको छ । शाह मदन पुरस्कारविजेता साहित्यकारसमेत हुन्। 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update