Mero Chitwan
'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ, के मुद्दा थियो उनीमाथि ?

काठमाडौं-हत्या तथा यौनहिंसाको आरोप लागेका 'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार उनलाई काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो ।

लामो समय बाराको हलखोरिया जंगलमा बसेका उनी त्यसपछि सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए ।

प्रहरीका अनुसार बम्जनको सिन्धुली आश्रमबाट तीन किशोरी बेपत्ता थिए । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update