Mero Chitwan
गाँजाको केक, इन्स्टाग्रामबाट सम्पर्क, इनड्राइभमार्फत् डेलिभरी

काठमाडौँ-नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बिक्री गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिए।  उनले इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत सम्पर्क गर्ने र इनड्राइभबाट डेलिभरी गर्ने गरेको अनुसन्धानमा खुलेको छ। 

gaja1-1704647461.jpg

प्रहरीले पक्राउ मानन्धरसँग गाँजाको धुलो एक सय २१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, गाँजा तीन किलोग्राम बरामद गरेको छ । मानन्धरले  एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

पक्राउ मानन्धरलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता जोशीले बताए। 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update