Mero Chitwan
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ

सिन्धुली-सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो । 

प्रहरीले उक्त घटनामा शारदाका श्रीमानसहित सात जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । 

रिसिइबी नभए पनि श्रीमानसँग सम्बन्धबिच्छेदको प्रक्रियामा रहेकी शारदाले सन्तोषको सम्पत्ति लगेपछि लेनदेनको हिसाब असुल नहुने देखेर उनीहरुले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । 

प्रहरीले बेहोस अवस्थामा शारदालाई उद्धार गरेको थियो । पीडितकी बहिनीको जाहेरीपछि घटनास्थल पुगेको प्रहरीले शारदालाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो । उपचारपछि उनको होस खुलेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update