Mero Chitwan
मादक पदार्थ सेवन गरी  आफ्नै घरमा आगो लगाएपछि....

गुल्मी : गुल्मीमा रेखबहादुर परियारले आफ्नै घरमा आगो लगाएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ रजस्थल निवासी ५९ वर्षीय रेखबहादुरले आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो । 

आइतबार साँझ अन्दाजी ६:४० बजेको समयमा रेखबहादुरले आफू बस्ने ढुङ्गा माटोले बनेको एक तले दुई कोठे घरमा आगोले पूर्णरुपमा जलेर नस्ट भएको बताइएको छ । अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी निजले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

घरमा आगो लगाउदा त्यस घरभित्र रहेको अन्नपात, लत्ताकपडा समेत जलेर घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय छरछिमेकीका घरमा समेत आगो लगाउने धम्की दिने गरेको हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेबिचको आवश्यक समन्वयमा रेखबहादुरको श्रीमती सिता परियारलाई जिल्ला प्रशासन कार्यालयबाट राहत समेत उपलब्ध गराइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update