Mero Chitwan
आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी

सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिका ५, पडेमारास्थित सरदार टोलमा आज (आइतबार) दिउँसो ३ बजे भीषण आगलागी भएको छ ।

आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण पनि आउन बाँकी छ ।

आगोलाई सुरक्षाकर्मी, स्थानीय बासिन्दा र तीनवटा दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update