मेरो चितवन
बिमा बोर्डका निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
  
गत असोज २४ गते मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा बसौलालाई तीन महिनाका निम्ति निलम्बन गरिएको पत्र पठाएका थिए । निर्देशक पदमा रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदीय जिम्मेवारी बहन गर्न अक्षम रहेको भन्दै उनलाई असोज ४ गते लिखित ११ बुँदे स्पष्टीकरण सोधेका थिए ।

निलम्बनको निर्णयविरुद्ध डा बसौला कात्तिक १७ गते सर्वोच्चमा रिट दर्ता गराएका  थिए । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले न्यायाधीशद्वय  दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०