Mero Chitwan
भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं : काठमाडौंको भद्रकालीमा शनिबार भएको प्रदर्शनको क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारबारे गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रधान कार्यालयले भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएकोसमेत जनाएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा ‘बहुल राष्ट्र घोषणा गर’लगायतका माग राखेर विभिन्न जातीय र धार्मिक समुदाय सम्मिलित प्रदर्शनकारीहरुले आइतबार भद्रकालीमा प्रहरीमाथि नै आक्रमण गरेका थिए । उक्त क्रममा प्रहरीले स्थिति नियन्त्रण लिने क्रममा प्रदर्शनकारी र सर्वसाधारणलाई तितरबितर पार्ने क्रममा प्रहरीबाट एक भिक्षुमाथि दुर्व्यवहार भएको थियो

nepal-police-2080-12-25-1712548103.jpg

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update