Mero Chitwan
विपदको घट्नामा परी ज्यान गुमाउनेलाई ५० हजार राहत

गोरखा : गोरखा नगरपालिकाले नगर भित्रका विपद लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रति व्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ । गोरखा नगरपालिाकाको भर्खरै मात्र सम्पन्न भएको नगरसभाबाट पारित भएको ‘नगरपालिकाले विपद व्यावस्थापन कार्याविधि २०८०’ स्विकृत गर्दै नगरपालिकाले विपद लगाएत अन्य दुर्घटना परी ज्यान गुमाउने नगरबासीको परिवारलाई राहतस्वरुप ५० हजार प्रदान गरिने गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो ।

स्विकृत कार्याविधि अनुसार विपदको घट्नामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति रु ५० हजार तथा घाईते वा अङ्गभङ्ग भएमा त्यस्ता व्यक्तिलाई रु १५ हजार उपलब्ध गराईने छ । विपदबाट नगरपालिकाभित्रका कुनै नगरबासीको पक्की घर पूर्ण क्षति भएमा रु २५ हजार, आंशिक क्षति भएमा रु १५ हजार, कच्ची घर पूर्ण क्षति भएमा रु २० हजार र आंशिक क्षति भएमा रु १० हजार राहत स्वरुप प्रदान गरिने गोरखा नगरपालिकाले जनाएको छ ।

विपदबाट पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा क्रमश रु १०, ७, र ८ हजार दिने व्यवस्था कार्यविधिले गरेको छ । कार्याविधिले नगरपालिकाले कृषिबालीतर्फ हुने क्षतिमा समेत किसानहरुलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । खाद्यान्न र तरकारी बाली, फलफुल तथा अन्य बालीनाली क्षति भएमा प्राबिधिक लागत अनुमानका आधारमा बढीमा रु २० हजारसम्म क्षतिपुर्ति उपलब्ध गराइने छ, ‘नगरप्रमुख रानाले भन्नुभयो, ‘विपदमा परेर पशुपंक्षी तथा मत्सयतर्फ कार्यविधीले क्षतिपुर्ति दिने व्यवस्था गरेको छ 

स्विकृत गरेको कार्यविधिमा विपदबाट भैँसी, गाईगोरु मरेमा प्रति गोटा रु १० हजार, भेडाबाख्रा, बङगुर, तथा सुङगुर मरेमा बढीमा रु ५ हजार व्यवसायिक दर्ता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएमा रु २० हजार तथा गोठखोर क्षतिभएमा रु १० हजारसम्म क्षतिपुर्ति उपलब्ध गराउने समेत नगरपालिकाले जनाएको छ । 

कार्याविधि स्विकृत भएसँगै शनिबार चितवनको सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खसेर मृत्यु भएका गोरखा नगरपालिकाका ५ जना मृतक र १ जना बेपत्ता भएका व्यक्तिहरुको परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको नगरप्रमुख राना मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update