Mero Chitwan
ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, यसरी ढले दर्जनौं भवन [भिडियोसहित]

काठमाडौं–ताइवानमा आज बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । 

हाउलियन काउन्टीबाट १५ माइल दक्षिणमा केन्द्र बनाएर गएको भूकम्पका कारण थुप्रै भवन भत्कनुका साथै ठाउँ ठाउँमा पहिरो गएका छन् । क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।तर, ताइवान र जापान दुवै मुलुकमा सुनामीको चेतावनी जारी गरिएको छ । ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प गएको हो । 

हुवालियन काउन्टीका अधिकारीहरुले भूकम्पपछि दैनिक कार्य र विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । न्यु ताइपेई सिटी र ताइपेईमा मेट्रो बन्द गरिएका छन् ।  

 

taiwan-1712109864.jpg

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update