Mero Chitwan
खाना बाँड्न गाजा पुगेको संस्थालाई समेत छाडेन इजरायलले, आक्रमणमा ७ जनाको मृत्यु

एजेन्सी–इजरायलले युद्धग्रस्त गाजामा सहयोग गर्न गएको संस्थालाई समेत आक्रमण गरेको छ ।

इजरायली आक्रमणका कारण भोकमरीको सामना गरिरहेका प्यालेस्टिनीलाई खानाको सहयोग लिएर गएको सहयोगी संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’ का ७ कर्मचारी इजरायली आक्रमणमा मारिएका हुन्। आक्रमणपछि उक्त संस्थाले आफ्नो सहयोग बन्द गरेको छ ।

इजरायली सेनाले भने यो घटनाको अनुसन्धान गर्ने जनाएको छ भने हमासको मिडिया कार्यालयले यो घटनाको पूर्ण जिम्मेवार इजरायल नै भएको जनाएको छ। 

02daff1d-902a-4b51-b9c0-3d97ddfb3643-1712078452.png

वर्ल्ड सेन्ट्रल किचेनका अनुसार गाजाको देयर अल बलाह वेयरहाउसबाट बाहिर निस्कने क्रममा आक्रमणका भएको हो । उक्त वेयरहाउसमा समुद्री मार्ग हुँदै उक्त संस्थाले केही समयअघि १ सय टन खाद्यसामग्री पुर्‍याएको थियो । वर्ल्ड सेन्ट्रल किचेनको राहत सामग्री टिममा दुई बख्तरबन्द गाडीसहित ३ गाडी थिए । 

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यो घटनाको उच्चस्तरीय समीक्षा गरिने बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update