Mero Chitwan
ट्याक्सी खस्दा दश जनाको मृत्यु

एजेन्सी : भारतको जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा शुक्रबार राति यात्रुबाहक ट्याक्सी  दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ ।

जम्मूबाट कश्मीर जाँदै गरेको ट्याक्सी राति करिब १.१५ बजे रामबन जिल्लाको  ब्याट्री चेश्मा क्षेत्रको भीरमा खसेको जिल्लाका उपमजिस्ट्रेट बसिर उल हक चौधरीले बताए ।  तुरुन्तै राहत र उद्धार कार्य सुरु गरिए पनि वर्षा र अन्धकारका कारण कठिनाइ भएको जनाइएको छ । 

प्रहरी, राज्य विपद् प्रतिक्रिया बल र नागरिक द्रुत प्रतिक्रिया टोलीले संयुक्त उद्धार गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update