Mero Chitwan
डेढमाइल लामो पुल ध्वस्त भएपछि मेरिल्यान्डमा संकटकाल घोषणा

एजेन्सी - बाल्टिमोरको डेढ माइल लामो पुल भत्केपछि मेरिल्याण्डका गभर्नर वेस मूरले  संकटकालको घोषणा गरेका छन् ।

मूरले आफ्नो कार्यालय अमेरिकी यातायात मन्त्री पीट बुटाजज, बाल्टिमोरका मेयर, काउन्टी कार्यकारी र आपतकालीन सेवाहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन् ।

मंगलबार बिहानै एउटा कार्गो जहाज बाल्टिमोरको पूर्वी तटीय महानगरको बन्दरगाहमा रहेको चार लेनको फ्रान्सिस स्कट की पुलमा ठोक्किएको थियो । पुल भत्किएपछि कम्तीमा छ जना बेपत्ता भएका छन् । उद्धार टोलीले पानीमा हराइरहेका मानिसहरुको खोजी जारी राखेका छन् । जहाज पुलमा ठोक्किएको बेला पुलमा आठ जना रहेको जनाइएको छ । तीमध्ये दुईजनालाई पानीबाट बचाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update