Mero Chitwan
गाजामा युद्धविराम गर्ने प्रस्ताव राष्ट्र संघ सुरक्षा परिषदमा पारित

एजेन्सी - संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै  इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ ।

इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ ।

यो प्रस्तावको मतदानमा अमेरिकाले भिटो प्रयोग नगरेको भन्दै इजरायल आक्रोशित बनेको हो।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update