Mero Chitwan
कति खुसी छौं हामी नेपाली ?

काठमाडौं–युरोपेली मुलुक लगातार सातौं वर्ष विश्वकै खुसी मुलुक बन्न सफल भएको छ । 

अक्स्फोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले विश्वका १ सय ३४ मुलुकको कूल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, स्वस्थ  औसत आयु, स्वतन्त्रता, भ्रष्टाचाररहित समाजलगायतलाई खुसीको आधार बनाएको हो । 

हिजो सार्वजनिक गरिएको सूचीअनुसार विश्वका खुसी १० मुलुकमा फिनल्यान्डपछि डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जेम्बर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया छन्। यो सूची इजरायल र हमासबीच युद्ध सुरु हुनुअघिको भएकाले इजरायल पाँचौ नम्बरमा अटाएको छ ।

फिनिस अध्येता फ्रान्स मार्तेला भन्छन्, ‘फिनिसहरु खुसी छन्, किनभने उनीहरुस“ग समुदाय र सम्बन्धको गहिरो भावना छ, उनीहरु अरुका लागि राम्रो काम गर्छन् र आफ्नो स्पष्ट उद्धेश्य खोज्छन् ।’

यस वर्ष कोस्टारिका १२ औं र १३ औं स्थानमा आइपुगेको छ भने अमेरिका १५ नम्बरबाट तल झरेर २३ औं नम्बरमा पुगेको छ । 

नेपाल सूचीमा ९३ औं नम्बरमा रहेको छ, जुन दक्षिण एशियाको शीर्ष स्थान हो । सूचीमा भारत १२६, बंगलादेश १२९, पाकिस्तान १०८ र श्रीलंका १२८ औं नम्बरमा छन् । दक्षिण एसियाको अफगानिस्तान विश्वको सबैभन्दा दुखी देश बनेर पुछारमा १४३ औं नम्बरमा छ । भुटान र माल्दिभ्सलाई भने सूचीमा समावेश गरिएको छैन ।

नेपाल ३० बर्ष मुनिका मानिसहरुमा खुशीका लागि पनि ९२ नम्बरमा छ तर ६० बर्ष माथिकाहरुका लागि भने ७६ नम्बरमा रहेको छ । ३० देखि ४५ बर्षसम्मका उमेरका व्यक्तिका लागि नेपाल खुशीमा १०१ नम्बरमा छ भने ४५ देखि ६० बर्षसम्मका व्यक्तिका लागि ७६ नम्बरमा छ । सन् २००६ देखि २०१० को तुलनामा सन् २०२१ देखि २०२३ मा नेपालीहरु बढी दुखी देखिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update