Mero Chitwan
सिक्री नपाएको भन्दै बेहुला मण्डपबाटै उठेपछि...

वीरगञ्ज : वीरगञ्जमा बेहुलाले दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह गर्नै अस्वीकार गरेका छन् । मण्डपमा बरमाला गर्ने क्रममा बेहुलाले सुनको सिक्रीको माग राखेका थिए । बेहुली पक्षले सिक्री दिन नसकेपछि विवाह नगर्ने भन्दै बेहुला मण्डपबाट उठेका थिए ।

बाराको कलैया उपमहानगरपालिका–४ घर भएका उमेश साह गोढका छोरा बच्चालाल साह गोढले सोमबार करिब १० बजे जन्ती लिएर वीरगञ्जको रामगढवा पुगेका थिए । तर, सिक्री नपाएको भन्दै बेहुला मण्डपबाटै उठेपछि दुई पक्षबीच विवाद बढेको थियो । विवाद बढेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित बेहुलीको घरबाट बेहुला, उनका दाइ र भिनाजुलाई नियन्त्रणमा लिएको छ । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी हुन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update