Mero Chitwan
उडिरहेको विमानका दुवै पाइलट निदाएपछि...

एजेन्सी–इण्डोनेसियाको बाटिक एयरको बीटीके ६७२३ कलसाइनको विमान गत जनवरी २५ दिन राजधानी जकार्ताबाट १ सय ५३ यात्रीसहित सुलावेसीका लागि उड्यो। 

विमानमा को–पाइलटले उड्नुअघि नै मुख्य पाइलटलाई आफूलाई आराम चाहिने जानकारी गराएका थिए । तर, विमान ३६ हजार फिटको उचाइमा पुगेपछि मुख्य पाइलटले आफूले आराम गर्न चाहेको बताए । उनले स्वीकृति पाए । त्यसपछि विमानको कमान्ड को–पाइलटले सम्हाले । 

केही समयपछि ब्युँझिएका पाइलटले को–पाइलटलाई ‘सुत्ने इच्छा छ ?’ भनेर सोधे । को–पाइलटले पर्दैन भनेपछि उनी सुतिरहे । ९० मिनेटसम्म को–पाइलटले कमान्ड सम्हालिरहे । इण्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिले रिपोर्टका अनुसार त्यसपछि भने आफ्ना जुम्ल्याहा बच्चाको स्याहारका लागि सघाउन रातभर नसुतेका को–पाइलट निदाए । त्यहीबीचमा विमानस्थल कन्ट्रोलले उनीहरुलाई सम्पर्क गर्ने प्रयास गर्‍यो । तर, कुनै जवाफ आएन । 

२८ मिनेटपछि मुख्य पाइलट उठ्दा विमान गलत दिशातर्फ उड्दै थियो । 

२ घण्टा ३५ मिनेट उडेपछि विमान गन्तव्य सुलावेशी होइन, जकार्तामा सकुशल अवतरण गर्न सफल भयो । यो घटनामा विमानमा ४ फ्लाइट एटेन्डेन्ट भने घाइते भएको बताइएको छ । 

इण्डोनेसियाको यातायात मन्त्रालयले घटनाको विस्तृत अनुसन्धान गर्ने तयारी गरिरहेको छ । दुवै पाइलट लापरवाही गरेको आरोपमा निलम्बनमा छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update