रुसमा थप ७ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि
बिहीबार, चैत १, २०८०
उदयपुर जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, सबैको सनाखत
बिहीबार, चैत १, २०८०
धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
बिहीबार, चैत १, २०८०
लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु
बिहीबार, चैत १, २०८०
धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो ।
गहना र वृद्धभत्ता हात पार्न ८५ वर्षीया हजुरआमाको हत्या
बिहीबार, चैत १, २०८०
झापाको गौरादह नगरपालिकामा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेको खुलेको छ । गौरादह नगरपालिका ७ का १७ वर्षीय धिरज विश्वकर्माले आफ्नै साथीहरुको सहयोगमा ८५ वर्षीय हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो ।
विश्वमा हतियार व्यापार तीब्र, ५ ठूला मुलुकले बेचे ८५ अर्ब डलरको हतियार
बिहीबार, चैत १, २०८०
अक्सफाम अमेरिकाको एक तथ्यांकअनुसार विश्वका ठूला ५ मुलुकहरु अमेरिका, रुस, फ्रान्स, चीन र जर्मनीले गत वर्ष ८५ अर्ब डलरको हतियार बेचेका छन् । जबकि दैनिक ९ हजार मानिसहरु द्वन्द्वबाट सिर्जित भोकमरीबाट मरिरहेका छन् ।
राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ
बुधबार, फागुन ३०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ
एन्फालाई कारबाही गर्न निर्देशन
बुधबार, फागुन ३०, २०८०
युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ
९ वर्षीय बालकको अस्पतालमा मृत्युपछि आफन्तहरु आन्दोलित
बुधबार, फागुन ३०, २०८०
दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् ।
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
बुधबार, फागुन ३०, २०८०
जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए
प्रधानमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत
बुधबार, फागुन ३०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाले दाहाललाई विश्वासको मत दिएका हुन् ।

